स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
विदुर खबर
२०८३ कार्तिक १ गते ८:४८
नुवाकोट । स्याङ्जामा ४७ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ खेवाङमा ४७ वर्षीय नारायण परियार मृत फेला परेका हुन् ।

उनी घरदेखि करिब ८०० मिटर टाढा रहेको गोरेटो बाटोभन्दा तीन मिटर तल शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार परियार बिहीबार साँझ दाजुको घरबाट कसैलाई नसोधी निस्किएका थिए । उनी घर नफर्किएपछि खोजतलास गर्ने क्रममा शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले घटनास्थलको जाँच तथा मुचुल्का तयार गरेपछि शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल स्याङ्जा पठाएको अवस्थीले जानकारी दिए ।
घटनाको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना
स्याङ्जामा ४७ वर्षीय पुरुष मृ*त फेला
आज नवरात्रको सातौं दिन, फूलपाती भित्र्याइँदै
नुवाकोटमा बाढीको कहर: २,७२३ बेपत्ता हुँदा साढे ३ हजार बढीको उद्धार
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा





प्रतिक्रिया