चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुर खबर
२०८३ भदौ ३१ गते २०:५३
नुवाकोट । रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला परेको छ।

नेपाली सेनाका अनुसार बुधबार गोताखोरसहितको उद्धार टोलीले सुरुङको अन्तिम किनारासम्म खोजी गर्दा तीन जनाको शव फेला पारेको हो। फेला परेका शवमध्ये दुईवटा बाहिर निकालिएको छ भने एक शव निकाल्ने कार्य जारी रहेको सेनाले जनाएको छ।
सेनाले सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी रहेको जनाएको छ। भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीका कारण आयोजनाको सुरुङभित्र केही व्यक्ति फसेका थिए।
उनीहरूको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोली सुरुङसम्म पुग्न चट्टान फोरेर करिब १ हजार ५० मिटर नयाँ बाटो निर्माण गरिएको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया