रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नुवाकोट । काठमाडौँको जगन्नाथदेवल (सुन्धारा) स्थित कारागारबाट भागि फरार रहेका बहुविवाह मुद्दाका एक थुनुवालाई प्रहरीले रसुवाको टिमुरेबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं. १ स्थायी घर भएका २८ वर्षीय बुद्धिराज तामाङ रहेका छन्।
जिल्ला अदालत काठमाडौँको आदेशले बहुविवाह सम्बन्धी कसुर मुद्दामा पुर्पक्षका लागि जगन्नाथदेवल कारागारमा रहेका तामाङ ‘Gen-Z आन्दोलन’ को क्रममा कारागारबाट भागेका थिए।
खोजतलासको क्रममा इलाका प्रहरी कार्यालय टिमुरे, रसुवाबाट खटिएको प्रहरी टोलीले यही भदौ ३ गते गोसाईकुण्ड गाउँपालिका वडा नं. २ टिमुरे बजारमा हिँडिरहेको अवस्थामा उनलाई फेला पारी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तामाङलाई पुनः थुनामा राख्नका लागि भदौ ३ गते नै कारागार कार्यालय धुन्चे, रसुवामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी प्रहरी निरीक्षक डिल्ली राज सापकोटाले जानकारी दिएका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया