प्रधानमन्त्रीले संसदको चरम अपमान गरे : केसी
नुवाकाेट । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाहले संसदको चरम अपमान गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै केसीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा निरन्तर स्पष्टीकरण मागिँदै आए पनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेको बताए।
केसीका अनुसार ४४ दिनसम्म चलेका दुई अधिवेशनमा प्रधानमन्त्री शाह जम्मा दुई–तीन घण्टा मात्र संसदमा उपस्थित भएका छन्। सीमासम्बन्धी अभिव्यक्तिबारे सांसदहरूले निरन्तर स्पष्टीकरण माग्दा पनि प्रधानमन्त्रीको न्यून उपस्थितिले संसदको अपमान भएको उनको भनाइ छ।

‘४४ दिनसम्म चलेका दुई अधिवेशनका क्रममा प्रधानमन्त्री जम्मा दुई–तीन घण्टा मात्र संसदमा उपस्थित हुनुभयो। सीमासम्बन्धी अभिव्यक्तिमा निरन्तर स्पष्टीकरण माग हुँदा पनि उहाँको यस्तो उपस्थितिले संसदको चरम अपमान भएको छ,’ केसीले भने।
प्रधानमन्त्री शाहको कार्यशैली आत्मकेन्द्रित र अहंकारी रहेको टिप्पणी गर्दै केसीले त्यसबाट हुकुमी शासनको झल्को दिएको आरोप लगाए।
अत्यधिक बहुमत र ठूलो जनअपेक्षासहित बनेको सरकारले नागरिकप्रति चरम उपेक्षा गरेको पनि केसीले आरोप लगाए। पछिल्लो समय बढ्दै गएको आत्महत्या तथा आत्मदाहका घटना, कप्तानगञ्ज गोलीकाण्ड, सेना परिचालनको अवस्था तथा धर्म, सम्प्रदाय र संस्कृतिबीचको एकतामा देखिएका चुनौती सरकारका लागि गम्भीर विषय बनेको उनले बताए।

त्यस्तै सहकारी तथा लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा पनि केसीले जोड दिए
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रधानमन्त्रीले संसदको चरम अपमान गरे : केसी
विदुर खानेपानीद्वारा महसुल बक्यौतामा जरिवाना छुटको घोषणा, समयमा नबुझाए धारा काटिने
अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन





प्रतिक्रिया