रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन

पहिले गाउँमा दुःख त थियो, तर त्यो दुःखमा पनि छुट्टै रमाइलो लुकेको हुन्थ्यो।

चाडवाडको उत्साह त्यस्तै हुन्थ्यो , बैशाख पुर्णिमाको जात्रा जान पैसा जुटाएको, जात्रामा बरफ खादै बासुरी र चस्मा किनेको , स्कूल मा निबुवा ,भोगटे , अमला , अमिलि बाँडेर खाएको , काठको गाडि बनाएर गाउँका बाटोमा घिरेलि खेल्दै हिडेको , मेला पात र बनपाखमा गोठालो जादै गितमा भाका गुन्झिएको , गाउँका बाहरुले खाएको तम्बाखुको गन्धले गाउँ नै हरहर बास्ना आउथ्यो ।

भोक लाग्दा बासि भात , मकै रोटि त्यो पनि हारालुछ , आहा रमाइलो थियो , पानि परेपछि खनायो पाख्यो कि भन्दै फेद फेद चाहारेको , बनका आँप कति मिठा थिए , पाक्दै झर्दै कुहिदा हुन अजेल ,जंगलका बनतरुल खन्दै कटुस टिप्न सारा जङल चारिन्थ्यो , घासका भारीले थिचिएको थाप्लो लिएर हतार हतार आमालेले दिएको दुध र भात तत्तातो खाएर स्कुल जाँदा उकालोमा पेट चस्किएको सम्झना आउँछ ।

आज गाउँघरका सारा बाटो जंगल धारा पधेरा दशैमा चौतारीमा हालेका पिङ याद आउछ , दशैमा कमेरो माटोले घर चम्काउन घन्टाै लगाएर कमेरो लिन गैन्थ्यो , बल्ल बल्ल वर्षमा एकजोर कपडा त्यो पनि स्कूल ड्र्ेस त्यहि लगाएर खल्ति भरी कुटेर लेराएको बास्ना आउने चिउरा खादै पिङ खेल्दा ठुलै युद्द जिते झै लाग्थ्यो ।

त्यहि लुगा लगाएर मामाघर सम्मको यात्रा हुन्थ्यो , तिहार आउथ्यो देउसि भैलि को रौनक मिलेर खेल्दा कति रमाईलो हुन्थ्यो , चामल पैसा भाग लगायो , रात भरीको निन्द्रा कति रमाईलो थ्यो , खोला भरी अम्बा पाक्थे ,फलिट पाक्थे , बयर पाक्थे खान लुछाचुडि हुन्थ्यो , घरमा बेलुका बा हरु मकै छोडाउदै होकि , दाम्ला नाम्ला बनाउदै बस्त हुन्थे , कथा सुनाउथे दुख सुख सुनाउथे , आफन्त सम्मान र इज्जत को कुरा सिकाउथे , अहिले सबैका हातमा त्यहि एउटा ठाँडेा छ , कोहि कसैसङ बोल्दैन , आ आफ्नै धुन छ , इज्जत छैन सम्मान छैन , कसैलाई कोहि चाहिएको छैन , कोहि आउन जाउन मतलब छैन , गाउँभरि मान्छेहरू हुन्थे, अर्मपर्म र चौतारीमा बसेर सुख-दुःख साटासाट हुन्थ्यो। मनहरूबीच यति गहिरो आत्मीयता थियो कि, त्यो बेलाको अभाव र गरिबी पनि कति प्यारो अनि मीठो लाग्थ्यो। तर आज समय फेरिएको छ।

अहिले गाउँ सुविधासम्पन्न भएको छ, बाटोघाटो र बिजुली पुगेका छन्, तर ती सुविधा उपभोग गर्ने मान्छेहरू कोही छैनन्। गाउँ पूरै रित्तिएको छ। कोही बिरामी पर्दा एक कचौरा तातोपानी तताएर दिने मान्छे छैनन्, कसैको मृत्यु हुँदा लास उठाउने मलामी समेत पाउन गाह्रो भइसकेको छ। भौतिक विकासले गाउँ त बन्यो, तर त्यो पुरानो आत्मीयता र रौनकता सदाका लागि हरायो। यस्तो शून्य र रित्तो गाउँ सम्झिँदा मन भक्कानिएर आउँछ।

अहिले त गाउँघरका साथीसङ्गी, आफन्त होइन, घरकै मान्छे टाढा छन्। बिराना छन्, आफ्नोपन छैन। रिस, डाहा र क्रोधले भरिएको छ; मात्र स्वार्थ, मात्र आफूलाई मात्र, आफ्नो बारेमा बाहेक अरू कसैले केही सोच्दैन। त्यसैले, आज कसैले मलाई ‘तँ के माग्छस्?’ भनेर सोध्यो भने, म बिना कुनै हिचकिचाहट एउटै कुरा माग्नेछु— “मलाई त्यही अभावै अभावले भरिएको, तर आफ्नाहरूको न्यानो माया र साथ भएको मेरो प्यारो ‘बालापन’ फर्काइदेऊ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया