रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रदेश अधिवेशनको सुरुआत बागमती प्रदेशबाट गर्ने भएको छ।

बागमती प्रदेश अधिवेशन जेठ २६ गते मंगलबार हेटौँडास्थित हिमालयन दरबारमा आयोजना गरिनेछ। अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम रहेको छ। अधिवेशनमार्फत बागमती प्रदेशको नयाँ नेतृत्व चयन गरिनेछ।
प्रदेश सभापति पदका लागि हालका सभापति डा. अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्याल प्रमुख आकांक्षीका रूपमा देखिएका छन्। स्थापना कालदेखि बागमती प्रदेश सभापतिको जिम्मेवारी सम्हाल्दै आएका डा. लामिछाने पुनः सोही पदमा दोहोरिने तयारीमा छन्।

उनले आफू हाललाई केन्द्रीय राजनीतिमा भन्दा प्रदेश नेतृत्वमै निरन्तरता दिन इच्छुक रहेको बताएका छन्। यता, प्रदेश प्रवक्ता अर्यालले पनि सभापति पदमा दाबी प्रस्तुत गरेका छन्। दुवै पक्षले आफ्ना–आफ्ना प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
उपसभापति पदका लागि डा. रमेश ढकाल र मेनुका ठकुरी आकांक्षी रहेको बताइएको छ। त्यस्तै, वर्तमान महामन्त्री सुरेन्द्र भट्ट पुनः सोही पदमा निर्वाचित हुने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
रास्वपाको विधानअनुसार बागमती प्रदेश कार्यसमिति ६५ सदस्यीय हुनेछ। समितिमा एक–एक जना सभापति, उपसभापति र महामन्त्री रहने व्यवस्था छ भने दुई जना सहमहामन्त्री फरक–फरक लिङ्गका हुनुपर्ने प्रावधान रहेको छ। पदाधिकारीमा सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता रहनेछन्।


निर्वाचन आवश्यक परे दुई चरणमा सम्पन्न हुनेछ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित प्रदेश सदस्यहरूमध्येबाट अन्य पदाधिकारी चयनका लागि मतदान गरिने व्यवस्था गरिएको छ।
रास्वपाले प्रदेशस्तरीय संगठन सुदृढीकरण र नेतृत्व विस्तार अभियानअन्तर्गत बागमतीबाट अधिवेशन प्रक्रिया सुरु गर्न लागेको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया