बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले जेठ १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख दिपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १८३ अनुसार प्रदेश प्रमुखले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेशसभा अधिवेशन अन्त्य गर्न सक्ने व्यवस्था छ ।
प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला एवं योजनामन्त्री प्रभात तामाङका अनुसार आगामी नीति तथा कार्यक्रम, बजेट तयारी र प्रशासनिक व्यवस्थापनलाई केन्द्रमा राख्दै अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । २०८२ चैत २४ गते आह्वान भएको हिउँदे अधिवेशनमा जम्मा चारवटा बैठक बसेका थिए ।
यस्तै, मन्त्रिपरिषद्ले प्रदेश निजामती सेवा नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । प्रदेश निजामती ऐन, २०७९ जारी भए पनि नियमावली नबन्दा कर्मचारी व्यवस्थापन तथा सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो । नियमावली स्वीकृत भएसँगै नियुक्ति, सरुवा, बढुवा, सेवा सुविधा र अनुशासनसम्बन्धी व्यवस्था थप व्यवस्थित हुने मन्त्री तामाङले बताए ।
बैठकले काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेको स्वास्थ्य तालिम केन्द्र हेटौंडा स्थानान्तरण गर्ने निर्णय पनि गरेको छ । प्रदेशको स्थायी राजधानीबाट स्वास्थ्यसम्बन्धी तालिम तथा प्रशासनिक काम सञ्चालन गर्दा सेवा प्रवाह प्रभावकारी हुने सरकारको विश्वास छ

वातावरण संरक्षण ऐन संशोधनसम्बन्धी विधेयक र प्रदेश उच्च शिक्षा ऐन, २०७८ संशोधनसम्बन्धी विधेयक मन्त्रिपरिषद्को समितिमा पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता तामाङले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












एसईईको पूरक परीक्षा असार १ देखि
बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस
नुवाकोटको किम्ताङ हत्या प्रकरण : ६ जना पक्राउ
नुवाकोटको म्यागङमा गोली प्रहार दुई दाजुभाईको हत्या
प्रगतिशिल माविमा शत प्रतिशत विद्यार्थी उर्तिण





प्रतिक्रिया