स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

विदुर खबर २०८३ वैशाख १७ गते १९:३०

नुवाकोट । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी स्लोभाकिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पाल्पा रैनादेवी छहरा गाउँपालिका -६ घर भएका ४५ वर्षीय हिमहरि अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

हिमहरिले स्लोभाकिया पठाइदिन्छु भनी ५ जना पीडितहरूबाट ३ लाख ७५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

Advertisement

प्रतिक्रिया