देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
विदुर खबर
२०८३ वैशाख १५ गते ९:३९
नुवाकोट । हाल नेपालमा पश्चिमी वायु र स्थानीय प्रणालीसँगै पूर्वी क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ भने गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहनेछ भने कोशी प्रदेशका धेरै स्थानसहित अन्य प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय
नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित





प्रतिक्रिया