इन्धन खर्च दोब्बर : सरकारको बिदा नीति असफलतिर
नुवाकोट । सरकारले इन्धन खपत घटाउने उद्देश्यले लागू गरेको शनिबार र आइतबारको सार्वजनिक बिदाले अपेक्षित परिणाम दिन नसकेको तथ्यांकले देखाएको छ ।

बिदा व्यवस्थाबाट सार्वजनिक तथा निजी सवारी साधनको प्रयोग घट्ने र इन्धन खपतमा कमी आउने अपेक्षा गरिए पनि निर्माण क्षेत्र र औद्योगिक गतिविधिमा डिजेलको माग बढ्दा कुल खपत झनै बढेको देखिएको हो ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म डिजेलको कुल आयात १० लाख ३५ हजार ३३ किलोलिटर पुगेको छ । फागुनसम्म यो मात्रा ८ लाख ९६ हजार ४४८ किलोलिटर थियो । चैत महिनामा मात्रै १ लाख ३८ हजार ५८५ किलोलिटर डिजेल आयात भएको तथ्यांकले देखाएको छ ।
त्यस्तै, फागुनसम्म औसत मासिक डिजेल खपत १ लाख १२ हजार ५६ किलोलिटर रहेकोमा चैतमा उल्लेखनीय वृद्धि देखिएको छ । आर्थिक हिसाबले पनि डिजेलमा भएको खर्च बढ्दै गएको छ । फागुनसम्म करिब १० अर्ब २१ करोड रुपैयाँ बराबर खर्च भए पनि चैतमा यो बढेर करिब २१ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
पेट्रोलतर्फ भने खपत केही घटेको देखिएको छ । फागुनसम्म मासिक औसत ६३ हजार ९८८ किलोलिटर पेट्रोल खपत हुने गरेकामा चैतमा यो घटेर ५६ हजार ४५९ किलोलिटरमा सीमित भएको छ ।
मूल्यवृद्धिका कारण पेट्रोलमा हुने मासिक खर्च भने बढेर चैतमा करिब ६ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ, जुन यसअघि औसत ५ अर्ब ४८ करोड रुपैयाँ आसपास थियो ।
आर्थिक गतिविधि र निर्माण कार्यमा डिजेलको प्रयोग बढी हुने भएकाले बिदा व्यवस्थाले मात्र मागमा ठूलो असर नपरेको सरोकारवालाहरू बताउँछन्।
सरकारले डिजेल आयातबाट चैतसम्म करिब ४ करोड २५ लाख रुपैयाँ र पेट्रोलबाट ३ करोड २३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । आयल निगमले डिजेलमा प्रति लिटर करिब ९९ रुपैयाँभन्दा बढी नोक्सानी बेहोर्नु परेको जनाएको छ भने पेट्रोलमा भने नोक्सानी तुलनात्मक रूपमा कम रहेको बताइएको छ ।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुर पनि बिदाका कारण पेट्रोलियम पदार्थको प्रयोग खासै घट्न नसकेको बताउँछन् ।
अब जोर–विजोर प्रणालीको निर्णय निगमको अधिकारभित्र नपर्ने र सरकारले निर्णय गर्नुपर्ने उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखाका सहसचिव शिवराम पोखरेलले पेट्रोलियम खपत घटाउन विभिन्न विकल्पहरूबारे विगतदेखि नै छलफल भइरहेको बताए ।
उनले भने‘हामीले सरकारलाई जोरविजारको विकल्पसहितको सुझाव विगतमा नै दिइसकेका छौं । अब त्यो निर्णय सरकारले गर्ने हो ।’

उनले थपे, ‘जोर–विजोर प्रणाली पनि एक विकल्पको रूपमा हुन सक्छ । अन्तिम निर्णय भने मन्त्रिपरिषद् (क्याबिनेट) बाटै हुनुपर्छ, हामीले सुझाव दिने मात्र हो ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरमा तेस्रो बच्चा जन्माए २० हजार पोषण भत्ता पाइने
साङ्लाले निकै दुःख दिएको छ, उसो भए अपनाउनुहोस् यी घरेलु उपाय
शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखरसहितको नयाँ कांग्रेस गठनको तयारी
नुवाकोटमा एक वर्षमा सवारी दुर्घटनाबाट १२ जनाको मृत्यु
ग्याँस अभाव हुन नदिन आयल निगमको निर्देशन





प्रतिक्रिया