हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
नुवाकोट । मकवानपुरकाे हेटौंडाका सेवाग्राहीले राहदानी लिन जिल्ला प्रशासन कार्यालय मकवानपुर धाउनुपर्ने झन्झटबाट बुधबारबाट छुटकारा पाएका छन्।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हुलाक सेवामार्फत राहदानी सिधै घरमै पुर्याएको हो। हुलाक कार्यालय मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका-४ कपुर कम्प्लेक्स भवन नजिकका २२ वर्षीय निश्चल मानन्धरको घरमै राहदानी बुझाएको थियो । राहदानी बुझाउन हलकारा, हुलाक कार्यालयका प्रमुख र जिल्ला प्रशासन कार्यालयका कर्मचारी पुगेका थिए ।
घरको आँगनमा राहदानी पाउँदा मानन्धरले भने, ‘बल्ल बालेन सरकारले राम्रो कामको सुरुवात गर्यो,यस्तै काम अन्य क्षेत्रमा पनि गर्नु पर्यो ।’ जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानी वितरण गर्न हुलाक कार्यालयलाई बुधबार ५० वटा राहदानी पठाएको छ । ‘पठाएको राहहदानी आजै सबै घर-घरमा पुर्याउँछौं,’ हुलाकका प्रमुख रमेश लामिछानले भने।
राज्यले सर्वसाधारणलाई घरदैलो सेवा प्रवाह गर्ने बुँदा नम्बर २७ लाई कार्यान्वयन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय हेटौंडाको समन्वयमा हुलाक कार्यालय मकवानपुरले उक्त कार्य सुरु गरेको हो ।सेवाग्राहीको समय र श्रम बचत गर्ने उद्देश्यसहित सुरु गरिएको यस पहलले राहदानी वितरण प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सुरुवाती चरणमा हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र मात्र सेवा उपलब्ध गराइनेछ । हालसम्म कार्यालयबाट नलिइएका करिब ५ सय राहदानी हुलाकमार्फत् पहिलो चरणमै वितरण गर्ने योजना रहेको छ ।
यसलाई दीर्घकालीन रुपमा विस्तार गर्दै भविष्यमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत घरमै उपलब्ध गराउने लक्ष्य प्रशासनले लिएको छ ।
हाल स्रोत–साधन र सुरक्षा संवेदनशीलताको कारण जिल्लाका अन्य पालिकामा सेवा विस्तार हुन नसके पनि उपमहानगर क्षेत्रमा भने सहज रुपमा संचालन गर्न सकिने हुलाक कार्यालयले जनाएको छ । नजिकका वडामा सोही दिन र टाढाका क्षेत्रमा बढीमा भोलिपल्ट बेलुकासम्म राहदानी पुर्याइने व्यवस्था मिलाइने हुलाक कार्यालय प्रमुख रमेश लामिछानेले जानकारी दिए ।
सरकारले चैत १३ गते घोषणा गरेको एक सय वटा शासकीय सुधार कार्यक्रमअन्तर्गत ‘घरघरमै सेवा’ पुर्याउने घोषणाा गरेको थियो ।
राहदानीसँगै नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लगायतका अन्य सेवा समेत विस्तार गरी घरदैलो सेवामा परिणत गर्ने संघीय सरकारको तयारी रहेकाले हुलाक कार्यालयको क्षमता विकास तथा विस्तार गर्नुपर्ने लामिछानेले बताए ।
हुलाक कार्यालय मकवानपुरमा हाल ४६ जना कर्मचारी कार्यरत छन् । हाल हुलाक कार्यालयका जिल्लामा ९ वटा पालिका हुलाक, २ वटा हुलाक काउन्टर र एउटा जिल्ला कार्यालय रहेका छन् ।

हाल कार्यालयले दैनिक सरकारी कार्यालय तथा वैदेशिक पार्सलहरू गरी १ सय चिठ्ठीपत्र वितरण तथा ओसार–पसार गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन
तारकेश्वर गाउँपालिकाका विद्यालय खुल्यो
संसदीय दलको नेता चयन गर्न मापदण्ड बनाउनुपर्छ : केसी





प्रतिक्रिया