बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नुवाकोट । बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा रेबिजविरुद्धको खोप अभाव भएपछि बिरामीहरू समस्यामा परेका छन् ।

हेटौंडास्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमै खोपको मौज्दात सकिएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालसहित प्रदेशका १३ जिल्लाका अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा खोप उपलब्ध हुन सकेको छैन ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, खोप शाखाका ईश्वर महराका अनुसार विगत दुई–तीन महिनादेखि नै खोप अभाव हुँदै आएको छ। ‘सबैतिरबाट माग आइरहेको छ, तर स्टक नहुँदा उपलब्ध गराउन सकेका छैनौं,’ उनले बताए।
संघीय स्वास्थ्य मन्त्रालयबाट चालु आर्थिक वर्षमा बागमती प्रदेशका लागि १५ हजार भाइल एन्टी–रेबिज भ्याक्सिन प्राप्त भएको थियो । गत वर्षको करिब ४–५ सय भाइल मौज्दात थपेर माघसम्म वितरण गरिए पनि त्यसयता आपूर्ति पूर्ण रूपमा ठप्प भएको केन्द्रले जनाएको छ ।
प्रदेशका लागि मासिक करिब १० हजार भाइल खोप आवश्यक पर्ने भए पनि मागअनुसार आपूर्ति हुन सकेको छैन । खोप खरिदको अधिकार संघीय सरकारसँग मात्र भएकाले प्रदेशले माग गरे पनि आपूर्ति नहुँदा समस्या चर्किएको हो ।
खोप अभाव भएपछि हेटौंडा अस्पतालले आफ्नै स्रोतबाट करिब १० लाख रुपैयाँ बराबरको खोप खरिद गरेको थियो । हाल पुनः १० लाख रुपैयाँ बराबरका २ सय भाइल खोप खरिद प्रक्रिया अघि बढाइएको अस्पतालका प्रवक्ता उत्सव चौलागाईंले जानकारी दिए । उक्त खोप आउन अझै केही दिन लाग्ने बताइएको छ ।
कुकुर तथा अन्य जनावरले टोकेपछि लगाइने रेबिजविरुद्धको खोपको माग उच्च हुने भएकाले स्टक छिट्टै सकिने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा खोप नपाइएपछि बिरामीहरू निजी क्लिनिक तथा अस्पताल धाउन बाध्य भएका छन् ।
निजी स्वास्थ्य संस्थामा एक पटक खोप लगाउँदा करिब ६ सय ७५ रुपैयाँसम्म खर्च लाग्ने गरेको छ भने पूर्ण खोपका लागि तीनदेखि पाँच डोजसम्म लगाउनुपर्छ ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले रेबिज भ्याक्सिनको अभाव तत्काल हटाउन टेन्डर आह्वान गर्ने बताए । उनले संघीय सरकारको भर पर्दा रेबिजविरुद्धको खोपको अभाव भएको स्वीकार गरे ।

चिकित्सकहरूका अनुसार रेबिज अत्यन्तै घातक रोग भएकाले समयमै खोप नलगाइए ज्यानै जाने जोखिम रहनेछ । त्यसैले खोपको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई सर्वत्र आग्रह गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्ट्रेट अफ हर्मुज खोल्न अमेरिका र इरान सहमत
इरान–अमेरिका बीच दुई हप्ते युद्धविराम सहमति
बढी शुल्क र भर्ना लिए तत्काल कारबाही गर्न स्थानीय तहलाई पत्राचार





प्रतिक्रिया