चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ

विदुर खबर २०८२ चैत १८ गते २१:५१

नुवाकोट । नेपाली कांग्रेसकी नेतृ सीता गुरूङले दुवै पक्षले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउन लाग्नुपर्ने बताएकी छन् ।

Advertisement

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बुधबारको बैठकमा उनले यस्तो बताएकी हुन् ।

चुनावबाट कांग्रेस पछारिइसकेको भन्दै उनले अब उठ्ने कुरा गर्नुपर्नेमा जोड दिइन् ।

Advertisement

दुवै समूहले आ-आफ्नो अहंकार त्यागेर पार्टीलाई माथि उठाउनका लागि संवादहिनता तोड्नुपर्नेमा उनले जोड दिइन् ।

नेतृ गुरुङले पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ सोही निर्णय अनुसार अगाडि बढ्नुपर्ने बताइन् ।

Advertisement

उनले भनिन्, ‘कांग्रेस पछारिनु पछारिसक्यो । कांग्रेसले सिक्नुपर्ने सबै सिकी पनि सक्यो । अब उठ्ने कुरा गरौं । उठाउनका लागि दुई समूहबीच देखिएको संवादहिनता तोडौं । आ-आफ्नो अहंकार पनि छाडौं । दुवै पक्षले त्यो त्याग गरौँ । अनि पार्टी एकताका लागि अदालतले जे निर्णय दिन्छ त्यो निर्णय अनुसार अघि बढौं ।’

प्रतिक्रिया