तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
नुवाकाेट । नुवाकाेटकाे तारकेश्वर गाउँपालिकाले वडा नम्बर १ का १७ किसानहरूलाइ ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरेकाे छ ।

साेमवार अायाेजित एक कार्यक्रममा अध्यक्ष अधिकारीले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तरगत आलु बालीको नयाँ पकेट क्षेत्र विकास कार्यक्रम अन्तर्गत किसानहरुका लागि ३ दिने स्थलगत तालिम तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रममा कृषाकहरूलाइ हाते ट्र्याक्टर उपलब्ध गराएका हुन् ।

श्री दाङसिङ नमुना कृषि बहुउद्देश्यीय सहकारी संस्थाको सहकार्यमा सञ्चालित कार्यक्रमकाे समापन सत्रमा सहभागी हुँदै गाउँपालिका अध्यक्ष अधिकारीले कृषि नै गाँउको अर्थतन्त्रको मेरुदण्ड भएकोमा जोड दिए । उनले तालिम, परामर्श, प्रविधि र उन्नत औजारको प्रयोगबाट कृषिको आधुनिकीकरण गर्दैै कृषिलाई सहज र व्यावसायिक बनाउने अभियान गाउँपालिकाले सञ्चालन गर्दै आएको बताए ।

अध्यक्ष अधिकारीले कठोर परिश्रम र कम उत्पादनका कारण परम्परागत कृषिकर्ममा युवा पुस्ताको आकर्षण घट्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कृषिलाई परम्परागत निर्वाहमुखी पेसा मात्र नभई उत्पादनमुखी र नाफामुखी व्यवसायका रूपमा विकास गर्नका लागि स्थानीय सरकारले पकेट क्षेत्रको अवधारणा अघि बढाएको बताए ।

व्यावसायिक कृषिको विकासका लागि स्थानीय सरकारले जस्तोसुकै सहयाेग गर्न तयार रहेको बताउँदै उनले देश विदेशमा रहेका तारकेश्वरका युवाहरूलाई नयाँ योजना र अवधारणा सहित कृषि व्यवसायमा फर्किन आग्रह गरे ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका कृषकलाई हाते ट्र्याक्टर
देवीघाटमा श्रीराम र जानुकाकाे दुई कृति विमोचन
नुवाकोटको विदुरबाट दुई जना लागु औषधसहित पक्राउ
खेतको कुलोमा लडेर नुवाकोटमा एक जनाको मृत्यु
Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ





प्रतिक्रिया