आज यी प्रदेशमा चट्यांगसहित वर्षा र हिमपातको सम्भावना
नुवाकोट । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

साेमबार बिहान कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ । कोशी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम सम्मको वर्षा-हिमपात भईरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
त्यस्तै, सोमबार दिउँसो भने देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे हाे। सुदूरपश्चिम प्रदेशको बाँकी पहाडी-हिमाली भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
त्यस्तै, साेमबार राति भने देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । साथै तराई भू-भागमा आंशिक बादल लाग्ने भएकाे छ। कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र बाँकी हिमाली-पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया