पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते
नुवाकोट । पाल्पामा शनिबार साँझ भएको सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर साँझ करिब ६ बजे दुर्घटनामा परेको हो। माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडक खण्डमा उक्त दुर्घटना भएको हो।
दुर्घटनामा चालकसहित चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–४ सिद्दाराका २६ वर्षीय चिन्ता बहादुर सुनार, २६ वर्षीय सुनिल विक, रूपन्देही देवदह नगरपालिका–२ खैरेनीका अन्दाजी २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते चिदीको उपचारका क्रममा भैरहवा मेडिकल कलेज, रूपन्देहीमा शनिबार राति मृत्यु भएको हो।
दुर्घटनापछि टिपर सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा एम्बुलेन्स दुरुपयोग गरी तस्करी गर्ने चारजना पक्राउ
रसुवागढी नाकाबाट लागुपदार्थसहित एक जना पक्राउ
एसईईका लागि रसुवामा ६ केन्द्र तोकिए
आजको मौसम : चट्याङ्गसहित वर्षाको सम्भावना
पाल्पामा टिपर दुर्घटना: चारको मृत्यु, एक गम्भीर घाइते





प्रतिक्रिया