आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
विदुर खबर
२०८२ चैत ७ गते ८:१९
नुवाकोट । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको असरले देशका अधिकांश स्थानमा बादल लागेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
उच्च हिमाली क्षेत्रमा हिमपात पनि हुन सक्ने जनाइएको छ।आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
कोशी प्रदेशसहित हिमाली भूभागका थोरै स्थान र पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया