‘ऐन कार्यान्वयनमा प्रदेश सरकार क्रियाशील’

हेटौँडा,प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय सेवा प्रवाह गर्ने अत्यावश्यक ऐन कानून कार्यान्वयनमा प्रदेश सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
प्रदेशसभाद्वारा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले स्थानीय तहले ऐन कानून बनाउँदा प्रदेश सरकारले ल्याएका ऐन कानूनसँग नबाँझिने गरी तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका जनताको जनमत बुझेर नयाँ ऐन कानूनको निर्माण गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उपसभामुख राधिका तामाङले जनताको आर्थिक समृद्धितर्फ क्रियाशील हुन स्थानीय निकायका पदाधिकारीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री सालिकराम जम्कटेललें राष्ट्रिय सरोकारको विषयमा ऐन कानूनको निर्माण गरिएको र कार्यान्वयनको लागि प्रदेशका सबै जिल्लामा सम्बन्धित निकायलाई अधिकार प्रत्योजित गरी सकिएको बताउनुभयोे । सो कार्यक्रममा प्रदेशसभाका प्रमुख सचिव भरतकुमार बुढाथोकी, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव आनन्दराज ढकाललगायत मकवानपुर जिल्लाबाट निर्वाचित १० स्थानीय निकायका पदाधिकारी, जिल्ला समन्वय समितिका पदाधिकारी र जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्यको सहभागिता रहेको थियो । प्रदेशसभा सचिवालयले उक्त गोष्ठी प्रदेश नं ३ का अन्य १२ जिल्लामा दुई समूहमा गरी सञ्चालन गरेर सुझाव सङ्कलन गर्ने लक्ष्य रहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया