आज पनि हावाहुरी चल्ने सम्भावना
विदुर खबर
२०८२ चैत ३ गते १०:३०
नुवाकोट । नेपालका केही स्थानमा आज पनि हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज अपराह्नपछि हावाहुरी चल्ने प्रक्षेपण गरेको हो । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ र असिनासहित हल्का वर्षाको सम्भावना समेत छ ।
हिजो पनि विभिन्न स्थानमा मेघगर्जन चट्याङ र असिनासहित पानी परेको थियो । हिजो हावाहुरी पनि चलेको थियो ।
त्यसले केही क्षेत्रमा भौतिक र मानवीय क्षतिसमेत पुर्याएको छ । उदयपुरको कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमाथि हावाले रुख ढाल्दा वीरेन्द्र चौधरीको र कटारी–८ मा मिनामाया तामाङको मृत्यु भएको छ ।
केही जिल्लाहरुमा बिजुलीको पोल ढलेका कारण विद्युत् सेवा अवरुद्ध भएका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : बागमतीमा चट्याङसहित वर्षा हुने
आज पनि हावाहुरी चल्ने सम्भावना
शिखर पावरको आईपीओ बाँडफाँट
सवारीसाधनको भाडा समायोजना गर्न महासंघको माग
पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो





प्रतिक्रिया