प्याकुरेल पुनः कांग्रेसमा सक्रिय
नुवाकोट । लामो समयदेखि सामाजिक अभियन्ताका रूपमा परिचित नुवाकोटका युवा नेता मछिन्द्र नरसिंह प्याकुरेल पुनः नेपाली कांग्रेसमा सक्रिय भएका छन्।

१४ औँ महाधिवेशनपछि केही समय निष्क्रिय रहेका प्याकुरेल पछिल्ला दिनमा संगठनात्मक गतिविधिमा सहभागिता बढाउँदै आफू पुनः पूर्ण रूपमा कांग्रेसको राजनीतिमा फर्किएको संकेत दिएका छन्।
सरकारी जागिर त्यागेर राजनीतिमा होमिएका प्याकुरेलकाे यात्रा बीचमा केही अलमलिएको देखिए पनि अब भने उनले स्पष्ट कार्यदिशा तय गरेको निकट स्रोतले जनाएको छ। सामाजिक अभियान र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएका उनी संगठन सुदृढीकरण र वैचारिक पुनर्जागरणमा केन्द्रित हुने तयारीमा छन्।
प्याकुरेलले कांग्रेसलाई समयसापेक्ष, गतिशील र युवामैत्री बनाउने आवश्यकता औंल्याउँदै अब निष्क्रिय बस्न नसक्ने बताएका छन्। “राजनीति मेरो लागि सेवा र जिम्मेवारी हो,” उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “पार्टीभित्रको एकता, अनुशासन र स्पष्ट दृष्टिकोण नै आजको आवश्यकता हो।”

नेपाली कांग्रेस विदुर नगर समितिको आयोजनामा भएको मोटरसाईकल ¥यालीमा सहभागी हुँदै प्याकुरेल ।
उनले नुवाकोटका कांग्रेस उम्मेदवार डा प्रकाशशरण महत र जगदीश्वरनरसिंह केसीलाई जिताउन अपिल समेत जारी गरेका छन् ।
उनको पुनः सक्रियतासँगै कांग्रेस राजनीतिमा नयाँ तरंग देखिएको छ। कांग्रेसभित्र अनुभवी तथा सामाजिक पृष्ठभूमि भएका व्यक्तित्वको पुनरागमनलाई संगठन मजबुत बनाउने अवसरका रूपमा हेरिएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ
प्याकुरेल पुनः कांग्रेसमा सक्रिय
कांग्रेस सभापति गगन थापा आज नुवाकोट आउँदै
नेपाली कांग्रेस विदुरको मोटरसाईकल र्याली सम्पन्न





प्रतिक्रिया