पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
विदुर खबर
२०८२ फागुन २ गते ८:४७
नुवाकोट । पोखरा महानगरपालिका–६ पामेस्थित गैराको चौतरा नजिक शनिबार बिहान कार फेवाताल मा खस्दा एक युवकको मृत्यु भएको छ।

बिहान करिब २ बजे बीएए १५८२ नम्बरको कार अनियन्त्रित भई तालमा खसेको थियो।
दुर्घटनामा स्याङ्जा फेदीखोला गाउँपालिका–५ घर भई हाल पोखरा–७ मासबार बस्दै आएका २४ वर्षीय चालक अदित गुरुङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी उपरीक्षक वसन्तबहादुर सिंहको कमाण्डमा खटिएको टोलीले चालकलाई अचेत अवस्थामा उद्धार गरी गण्डकी मेडिकल कलेज पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो।
प्रहरीले क्रेनको सहायताले कार तालबाट बाहिर निकालेर थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदाममा राखेको जनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध





प्रतिक्रिया