साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ

विदुर खबर २०८२ माघ २२ गते २१:२१

नुवाकोट । साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ परेका छन् ।

Advertisement

पक्राउ पर्नेमा उदयपुर घर भएका ४५ वर्षीय प्रविन किसन छन् ।

उनलाई प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

Advertisement

उनीबाट स्रोत नखुलेको साढे १८ लाख बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

उनलाई आन्तरिक राजस्व कार्यालय हरिहर भवन ललितपुर पठाइएको छ ।

Advertisement

प्रतिक्रिया