नुवाकोटका पाठक पक्राउ
नुवाकोट । वैदेशिक रोजगारीका लागि इटाली पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नुवाकोटका एक जना पक्राउ परेका छन् ।

काठमाडौंको बुढानीलकण्ठ–८ भंगालस्थित एक घरमा ५ जना बंगालादेशी नागरिकलाई बन्धक बनाइ राखेको अवस्थामा उनीसहित अन्य ६ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, ५ जना बंगलादेशी नागरिकहरूलाई बन्धक बनाइ राखिएको अवस्थामा भेटिएको हो ।
बंगलादेशका नागरिकहरूलाई बन्धक बनाइ राख्ने कार्यमा संलग्न ७ जनालाई पक्राउ गरिएको एसपी भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा पाँच जना बंगलादेशी, १ जना भारतीय र १ जना नेपाली नागरिक रहेका छन् ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट शरीर बन्धक तथा ठगी सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए ।
पक्राउ पर्नेहरूमा बंगलादेश घर भएका ३८ वर्षीय आल मामुन, ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हु, ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन् ।
त्यस्तै, भारत घर भएका ४१ वर्षीय सरोज कुमार र नुवाकोट घर भएका ३२ वर्षीय सशि पाठक रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब जनताले छाप लगाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की
नेपालद्धारा क्यानडा ६ विकेटले पराजित
साढे १८ लाखसहित बूढानीलकण्ठबाट एक जना पक्राउ
नुवाकोटका पाठक पक्राउ
सुनको मूल्यमा भारी वृद्धि, तोलाको कति पुग्यो ?





प्रतिक्रिया