कांग्रेसका पूर्वसभापति देउवाले चुनाव नलड्ने
विदुर खबर
२०८२ माघ ६ गते १०:३१
नुवाकोट । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् ।

देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले आगामी चुनावमा शेरबहादुर देउवाले भाग नलिने जानकारी दिएका हुन् ।
देउवाले चुनाव लड्न डडेल्धुराबाट टिकट माग गरे पनि कांग्रेसले टिकट दिएको थिएन । विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ (आज)गते मंगलबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए । उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया