मतदानको एक महिना अघिदेखि सेना फिल्डमा खटिँदै

विदुर खबर २०८२ माघ ५ गते २१:४१

नुवाकोट । मतदानको एकमहिना अघिबाट नेपाली सेना निर्वाचन सुरक्षामा खटिने भएको छ ।

Advertisement

२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षार्थ सेनालाई माघ तेस्रो सातादेखि फिल्डमा तैनाथ गर्न लागिएको हो ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षासम्बन्धी एकीकृत कार्ययोजनाअनुसार मतदानको एक महिना अघिबाट सेनाको टोली फिल्डमा तैनाथ हुने जानकारी दिए ।

आसन्न निर्वाचन सुरक्षामा करीब सवा ३ लाख सुरक्षाकर्मी तैनाथ गर्ने निर्णय केन्द्रीय सुरक्षा समितिले निर्णय गरिसकेको छ । जसमा करीब ८० हजार सेना, करीब ३५ हजार सशस्त्र प्रहरी, करीब ७१ हजार नेपाल प्रहरी र १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन हुँदैछन् ।

Advertisement

निर्वाचन प्रहरी भर्ना प्रक्रिया ५ माघ (सोमबार)बाटै सुरु भइसकेको छ । २५ पुसबाट आबेदन खुलाइएकामा ३ माघसम्ममा १ लाख ९६ हजार बढीले निर्वाचन प्रहरी भर्नामा आबेदन दिएकामा अब तोकिएको कोटाअनुसार हरेक जिल्लाबाट छनौट सुरु भएको छ ।

प्रतिक्रिया