शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर–२ ईन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दे अध्यक्ष महेन्द्रलाल श्रेष्ठले देशमा बढ्दै गएको आर्थिक मन्दी र विभिन्न किसिमको आन्दोलनले व्यापार व्यवसायमा आर्थिक संकट देखिएपनि सहकारीले गतवर्षझै मुनाफा वितरणमा निरन्तरता दिन सकिएको बताए ।

उनले दुई हजार ५ सयबाट शुरु गरेको संस्थाको शेयर पूंजी २०८२ असार मसान्तसम्म २ करोड एक लाख ८९ हजार ३ सय पुगेको बताए । अध्यक्ष श्रेष्ठले सहकारीले गत वर्ष निक्षेप संकलनमा लक्षगत प्रगति हासिल गरेको बताए ।
यस्तै साधारणसभामा २०८१/८२ को लेखा परिक्षण प्रतिवेदनका साथै आर्थिक वर्ष २०८२/८३ को अनुमानित आयव्यय र निति तथा कार्यक्रम प्रस्तुत गर्दै कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीले १३ लाख ४२ हजार ९ सय १ रुपैयाँ नाफा कमाउन सफल भएको बताए ।

सहकारीले आर्थिक वर्ष २०८१/२०८२ मा २१ करोड ४३ लाख २४ हजार ४ सय ९२ रुपैयाँ निक्षेप संकलन गरि १३ करोड ९० लाख ९४ हजार २ सय २४ रुपैयाँ ऋण लगानी गरेको उनले बताए ।

सहकारीमा ४ करोड ३६ लाख ३७ हजार २ सय ५५ रुपैयाँ रहेकोले तरलता रकम पर्याप्त मात्रामा देखिएको छ । त्यस्तै साधारणसभामा लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दे लेखा सुपरिवेक्षण समितिका संयोजक रविन डंगोलले ऋण अशुलीमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

साधारणसभामा सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा सुर्यगढी गाउँपालिका वडा नम्बर ५ गणेशथानकी सुमित्रा गिरी र उत्कृष्ट ऋणकर्ताको रुपमा तादी गाउँपालिका वडा नम्बर १ उर्लेनीकी सिर्जना तामाङलाई नगदसहित प्रशंसापत्रद्धारा सम्मान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
आजदेखि एकमहिने स्वस्थानी व्रत सुरु





प्रतिक्रिया