धादिङमा श्रम संस्कृति पार्टीको जिल्ला कार्य समिति गठन
विदुर खबर
२०८२ पुष १६ गते १०:४२
नुवाकोट । श्रम संस्कृति पार्टीले धादिङमा जिल्ला कार्य समिति गठन गरेको छ ।

धरान उपमहानगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ) अध्यक्ष रहेर गत असोज ७ मा निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले मंगलबार धादिङमा जिल्ला कार्य समिति गठन गरेको हो ।
पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालको उपस्थितिमा भएको भेलाले सेतेमान घलेको अध्यक्षतामा ५१ सदस्यीय कार्य समिति गठन गरेको हो ।
बैकुण्ठ दाहालको अध्यक्षतामा भएको तदर्थ समितिले जिल्लाभरबाट प्रतिनिधि भेला गरी जिल्ला कार्य समिति गठन गरेको हो ।
घलेको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा राज तामाङ, बैकुण्ठ दाहाल, सचिव प्रलाद सिलवाल , सहसचिवमा आस्था तामाङ र मानसिंह तामाङ, कोषाध्यक्षमा मुक्तिनाथ चन्द र अन्य ४२ जना सदस्य रहने गरी ५१ जनाको कार्य समिति गठन गरेको हो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया