एमालेमा नेतृत्वका लागि मतदान हुँदै
नुवाकोट । नेकपा एमालेको नेतृत्व चयनको लागि आज मतदान हुँदैछ।

मंगलबार राति विद्युतीय भोटिङ मेसिनमा प्राविधिक समस्या आएपछि मतदान स्थगित भएको थियो । आज बिहानदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ ।
एमालेको यो एघारौँ महाधिवेशनमा नेतृत्व चयनका लागि रस्साकस्सी पनि छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तीव्र छ। दुवै पक्षले प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् ।
तर सबैको चासो यसपटक एमालेको नेतृत्वमा कसले बाजी मार्ला भन्ने चासो छ । एमालेको नेतृत्व चयनका लागि एमाले प्रतिनिधिहरू पनि विभाजित भएका छन्। केही प्रतिनिधिहरु प्यानलमै भोट हाल्ने पक्षमा छन् भने अधिकांश प्रतिनिधिहरूको मनस्थिति अलि फरक देखिन्छ । उनीहरु एमालेको एकता कायम गर्नको लागि मिश्रित नेतृत्व आउनुपर्ने पक्षमा खुलेका छन् ।
उनीहरूले दुवै पक्षका राम्रा उम्मेदवारहरू छानेर जिताए एमाले बलियो र गतिशील हुने बताएका छन्। महाधिवेशन प्रतिनिधिहरूको मनस्थिति हेर्दा यसपटकको निर्वाचनमा पदाधिकारी र केन्द्रीय सदस्यको छनोट मिश्रित हुने सम्भावना बढी देखिएको छ । ओली र पोखरेल प्यानलबीच हुने प्रतिस्पर्धाका उम्मेदवारहरु विगतमा पार्टी जीवनमा लामो काम गरेका र योगदान गरेका नेताहरु छन् ।
महाधिवेशन प्रतिनिधिहरूको भनाइ अनुसार उम्मेदवार भएका नेताहरू एमालेकै पार्टी जीवनमा लामो समय काम गरेको र यसपटकको नेतृत्व चयनमा सन्तुलित उम्मेदवार हुनुपर्ने पक्षमा देखेका छन् यद्यपि दुवै पक्षले माथिदेखि तलसम्म प्यानलमा विजय गराउने कसरत भने जारी राखेका छन् !
खासगरी ईश्वर पोखरेल पक्षले संस्थापन पक्षमा उम्मेदवार हुन नपाएका नेताहरूको मनस्थितिमा खेलेर आफ्नो पक्षमा परिणाम पार्ने कसरत गरिरहेका छन् भने संस्थापन पक्षले आगामी दिनमा व्यवस्थापन गर्न असन्तुष्ट नेताहरुलाई फकाइरहेका छन् ।
यसपटकको एमालेको महाधिवेशन नवौं महाधिवेशनमा जस्तै देखिएको छ । नवौं महाधिवेशनमा अहिलेका अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए । त्यतिबेला ओलीले माधवकुमार नेपाललाई पराजित गरेका थिए भने निर्वाचन परिणाम मिश्रित आएको थियो र दुवै पक्षका उम्मेदवारहरूले पदाधिकारीदेखि केन्द्रीय कमिटीमा जितेका थिए ।
यसपटक पनि धेरै महाधिवेशन प्रतिनिधिहरुले मिश्रित परिणाम आउने आकलन गर्दै मतदान गर्ने मनस्थिति बनाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया