गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण

विदुर खबर २०८२ कार्तिक २३ गते १२:४३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा जनयुद्धका शहिद जङ्गबहादुर प्याकुरेलको अर्धकदको शालिक अनावरण गरिएको छ ।

Advertisement

विदुर नगरपालिकाको आर्थिक सहयोगमा निर्माणमा गरिएको अर्धकद शालिकको प्याकुरेलले सहादत प्राप्त गरेको दिनको स्मृतिमा अनावरण गरिएको हो । शालिकको बाग्मति प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गानाले अनावरण गरेका हुन् ।

वि.स. २०३३ साल श्रावण ३ गते जन्मिएका प्याकुरेलले वि.स.२०५९ कार्तिक २३ गते धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ मा सहादत प्राप्त गरेका थिए ।

Advertisement

नेपाली कम्युनिष्ट पार्टी विदुर ११ गेर्खुको आयोजनामा भएको कार्यक्रममा बोल्दै बाग्मति प्रदेशसभा सदस्य ढुङ्गानाले सहिदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले सहिदहरूले देखाएको बाटोमा शब्दमा मात्र नभई कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन समेत आग्रह गरे ।

शालिकको अनावरण गर्दै बाग्मति प्रदेशसभा सदस्य रामप्रसाद ढुङ्गान ।

कार्यक्रममा विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, नेपाली कम्युनिष्ट पाटी विदुर नगर सभापति भोजराज पनेरु लगायत विभिन्न नेता तथा कार्यकर्ता र शहिद परिवारसहित स्थानियहरुको उपस्थिति रहेको थियो ।

Advertisement

प्रतिक्रिया