नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
नुवाकोट । नुवाकोट जिल्ला फुटवल संघको आयोजनामा आगामी शुक्रवार (कार्तिक २१ ) देखि यू–१४ छात्र/छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ ।

स्वर्गीय खेलाडीहरु अनुपम घलान,आदित्य बलम्पाखी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा हुन लागेको प्रतियोगिता कार्तिक २१ गतेदखि मंसिर २ गतेसम्म संचालन हुनेछ ।
प्रतियोगितामा नुवाकोट जिल्लाका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहने नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनले फुटबललाई बलियो बनाउने आधार नै ग्रासरुट रहेको ले प्रतियोगिता गर्न लागेको उल्लेख गरे । जुनियर फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग गर्छ । नव प्रतिभावान खेलाडीहरुको लागि यो प्रतियोगिता आयोजना गरेका हौं, चित्रकारले भने ।

प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने नुवाकोट जिल्ला फुटवल संघका उपाध्यक्ष अच्युत गिरीले बताए । उनले विद्यालय स्तरबाट नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगिता लिग कम नकआउटका आधारमा संचालन गरिने नुवाकोट जिल्ला फुटवल संघका महासचिव विष्णु चालिसेले जानकारी दिए । प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दिपक खतिवडा र विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ लगायतले गर्ने बताइएको छ ।

प्रतियोगिताको उद्घाटन अघि नुवाकोट फुटवल संघमा आवद्ध विभिन्न ३३ ओटा विद्यालयहरुलाई वल वितरण गर्ने कार्यक्रम समेत राखिएको नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष चित्रकारले बताए ।
प्रतियोगिताको विजेता र उपविजेताका साथै उत्कृष्ट खेलाडीहरुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ड्र सार्वजनिक
यसैविच आगामी शुक्रवारदेखि शुरु हुने प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । नुवाकोट जिल्ला फुटवल संघले प्रतियोगिताको ड्र सार्वजनिक गरेको हो ।
प्रतियोगितामा छात्रातर्फ दानसिंङ मावि,अर्किड एकेडेमी,जेडी बोर्डिङ र चन्द्रज्योती माविले सहभागिता जनाएका छन् ।छात्रतर्फ सहभागि भएका १६ विद्यालयलाई चार समुहमा विभाजन गरिएको छ ।
समुह ए मा तीनधारे मावि, त्रिशुली सामुदायिक बोर्डिङ स्कुल, संस्कृत मावि र रणभुवनेश्री मावि रहेका छन् । त्यस्तै समुह बि मा जेडी बोर्डिङ, त्रिभुवन त्रिशुली मावि, स्पार्कल ईन्टरनेशनल र चन्द्रज्योती मावि रहेका छन् ।
त्यस्तै समुह सि मा सुभेनियर बोर्डिङ स्कुल, अर्किड एकेडेमी, दानसिङ मावि र च्वाडी पब्लिक मावि रहेका छन् । यस्तै समुह डि मा महेन्द्र मावि, महादेव मावि, शिलादेवी मावि र गणेश भ्यु बाटिका रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेल तीनधारे पिपलडाँडा मावि र त्रिशुली सामुदायिक बोर्डिङ स्कुलबीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको उद्घाटनको दिन वाहेक लिग चरणकको खेलमा हरेक दिन चार खेल हुने छन् । प्रतियोगिताको फाईनल खेल आमामी मंसिर २ गते हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया