देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना

विदुर खबर २०८२ कार्तिक १४ गते १०:२०

नुवाकोट । देशभर अहिले पश्चिमी वायु, अरब सागरको न्यून चापीय प्रणाली र बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

हाल देशभर सामान्यतया बदली रही कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात भइरहेको छ । दिउँसो र राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा हुन सक्छ ।

उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी हिमपात र वर्षा समेत हुन सक्ने चेतावनी दिइएको छ ।

Advertisement

प्रतिक्रिया