आजको मौसम : भारी वर्षा र हिमपातको सम्भावना

विदुर खबर २०८२ कार्तिक १२ गते ८:३९

नुवाकोट । देशभर हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Advertisement

यसको प्रभावका कारण देशभर सामान्यतया बदली भएको छ भने गण्डकी र बागमती प्रदेशका केही भूभागमा छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ भने तराई भूभागमा आंशिक बदली हुनेछ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षासहित हिमपात हुने सम्भावना छ ।

Advertisement

विशेषगरी गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशका मध्य र पश्चिमी भूभागमा बदली रहने र गण्डकी, बागमती, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Advertisement

भारी वर्षासहित हिमपात हुन सक्ने भएकाले गण्डकी प्रदेशका पहाडी क्षेत्रमा जनजीवन, कृषि, पर्यटन र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया