टी–२० विश्वकप छनोटः नेपाल र ओमान भिड्दै

नुवाकोट । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेलमा हालसम्म अपराजित रहेका नेपाल र ओमान बीच आज सामना हुँदैछ।

अल अमेरतस्थित ओमान क्रिकेट मैदानमा, नेपाली समयअनुसार बेलुका ८ः४५ बजे शुरु हुने खेलमा यी दुई टोली आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनुका साथै विश्वकपमा आफ्नो स्थान बनाउने खेल्नेछन्।
समूहचरणका विजेता बनि २ अंकसहित सुपर सिक्समा प्रवेश गरेका यी दुबै टोलीले यस चरणका हालसम्ममा दुबै खेलमा जित हासिल गरेका छन्। गत आइतबार नेपालले यूएईलाई हराउँदा ओमानले कतारलाई पराजित गरेको थियो।

त्यस्तै, सोमबार भएको खेलमा नेपालले कतारमाथि जित हासिल गर्दा ओमनले यूएईलाई हराएको थियो। यी दुबै टोलीको ६ अंक छ। यद्यपि, रनरेटका आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ।
आजको खेलको विजेताले विश्वकप खेल्ने पक्का हुनेछ।
टी-२०आई क्रिकेटमा यी दुई टोली हालसम्म ८ पटक भिडेका छन्। जसमध्ये नेपालले ५ खेल जितेको छ भने ओमानले एक सुपर ओभरसहित ३ खेल जितेको छ।
नेपालको अर्को खेल शुक्रबार सामोआसँग हुनेछ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया