मेयर साहको आह्वान : आउनुहोस् सँगसँगै हातेमालो गरौं

विदुर खबर २०८२ असोज २६ गते २१:०२

नुवाकोट । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले अवकाश प्राप्त नागरिकहरूको अनुभव र सीपलाई विकासका काममा उपयोग गर्न ‘सिल्भर भोलिन्टियर कार्यक्रमको घोषणा गरेका छन्।

Advertisement

आइतबार सामाजिक सञ्जालमार्फत एक सूचना जारी गर्दै मेयर साहले ४५ वर्ष पूरा भएका र जागिर वा व्यवसायबाट अवकाश लिएका इच्छुक व्यक्तिहरुलाई यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका हुन्।

सो कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, शहरी विकास र सम्पदा संरक्षणजस्ता क्षेत्रमा नागरिक सहभागिता बढाउने उद्देश्य लिइएको छ।

Advertisement

प्रमुख शाहले भनेका छन्, “आउनुहोस्, सँगसँगै महानगरको विकासमा हातेमालो गरौं। तपाईंको अनुभवलाई उपयोग गर्दै देश निर्माणमा एउटा इट्टा थप्ने अवसर यही हो।”

इच्छुक व्यक्तिहरूले उपलब्ध गराइएको अनलाइन लिङ्कमार्फत आवेदन दिन सक्नेछन्। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि शहरी योजना आयोगको सचिवालयमा विवेक बास्तोलालाई सम्पर्क गर्न सकिने महानगरले जनाएको छ।

Advertisement

महानगरले हालका वर्षहरूमा सरोकारवाला समुदाय र नागरिक तहको सहकार्यमा आधारित विभिन्न सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया