नेपालको सुपरसिक्समा रोमाञ्चक जित, युएई एक रनले पराजित

विदुर खबर २०८२ असोज २६ गते २०:५९

नुवाकोट । आईसीसी पुरुष टी २० एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले पहिलो खेलमा रोमाञ्चक जित निकालेको छ ।

Advertisement

आइतबार ओमान क्रिकेट एकेडेमीको मैदानमा भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई नेपालले १ रनले हराएको हो । योसँगै नेपालले सुपरसिक्समा चार अंक जोडेको छ । यसअघि नेपालको लागि समूह चरणमा जापानलाई हराएको २ अंक साथमा थियो ।

आसिफ अर्धशतक बनाएर आउट भएपछि नेपालले १६ ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ३ रन बनाएको थियो । बाँकी ४ ओभरमा ३७ रन जोड्नु नै जितको कारण बन्न पुग्यो । सुपरसिक्समा नेपाल र ओमानको ४–४ अंक बनेको छ भने यूएईको यो हारले २ अंकमा रहेको छ । अब, नेपालले कतार, सामोआ र ओमानसँग खेल्न बाँकी छ ।

Advertisement

नेपालले जितको लागि १ सय ४१ रनको मध्यम चुनौती दिएको थियो । जवाफमा यूएईले ९ विकेट गुमाएर १ सय ३९ रन जोडेको थियो । नेपालको तर्फबाट दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३ विकेट लिँदा सन्दीप लामिछाने, गुलशन झा र सोमपाल कामीले १÷१ विकेट लिएका थिए । यूएईका ३ खेलाडी रनआउट भएका थिए।

यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो । ओपनर कुशल भुर्तेल र आसिफले पहिलो पावरप्लेमा ४५ रन जोडेर राम्रो शुरुआत गरे ।

Advertisement

पहिलो विकेटको लागि ५६ रनको साझेदारीपछि कुशल २८ रनमा आउट भए । त्यसपछि रोहित र आसिफले ३९ रनको साझेदारी गरे । रोहित २० रनमा आउट भए । आसिफ भने ५१ रन जोडेर आउट भए ।

प्रतिक्रिया