नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको १४ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । नुवाकोट निर्माण सामाग्री व्यवसायी संघको १४ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै विदुर नगरपालिकाकी उमपेयर प्रभा बोगटीले व्यवसायीहरुमा अस्वस्थ्य प्रतिष्पर्धा नभइ एकरुपमा हुनुपर्ने बताइन् ।

उनले राजनीतिक उतारचढावको मारमा व्यवसायीहरु बढी पर्ने हुँदा समस्या आउने बताइन् । उमेयर बोगटीले नगरपालिकाले व्यवसायिक मैत्री काम गरिरहेको उल्लेख गरिन् ।

त्यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले पछिल्लो समय देशमा लगानी गर्ने वातावरण नभएपनि व्यवसायीहरुले जोखिम मोलेर काम गरिरहेको बताए । उनले लगानीको वातावरण बनाउन सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने समेत बताए ।

कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष शरणउत्सुक सापकोटा, नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष सन्तोष उफ्रेती लगायतले व्यवसायीहरु खुकुरीको धारमा रहेर व्यवसाय संचालन गरिरहेको बताए । उनीहरुले व्यवसायीहरुलाई राज्यले प्रोत्साहन नगरे पलायनको अवस्था सिर्जना हुने उल्लेख गरे ।

यसअघि साधारणसभामा अध्यक्षको प्रतिवेदन पेश गर्दै नुवाकोट निर्माण सामाग्री व्यवसायी संघका अध्यक्ष नविनकृष्ण राजभण्डारीले निर्माण व्यवसायीहरुको समस्या समाधानको लागि सबै एकजुट हुनुपर्ने बताए । उनले संघमा आवद्ध भएका व्यवसायीहरुको हकहितको लागि आफु सधैँ लागिपर्ने समेत उल्लेख गरे ।
त्यस्तै साधारणसभामा आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष विष्णु प्याकुरेलले संस्थाको नियमित आम्दानीको श्रोत पर्याप्त नभएपनि संस्थाले रचनात्मक काम गरिरहेको बताए ।

साधारणसभामा संस्थाको नियम अनुसार काम गरेको भन्दै राजेश हार्डवेयर प्रालि विदुर २ बट्टारलाई सम्मान गरिएको छ ।
कार्यक्रममा त्रिशुली अस्पताल तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया