जेन-जी आन्दोलनका सहिद परिवारलाई चौधरी ग्रुपले रोजगारी दिने

नुवाकोट । जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको सम्मानमा चौधरी ग्रुपले समवेदना र उच्च सम्मान व्यक्त गर्दै प्रत्येक सहिद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।

चौधरी ग्रुपले बुधबार विज्ञप्तिमार्फत आन्दोलनका क्रममा आफ्नो निजी निवास, कार्यालय, शोरूम र कारखानामा भएको ठूलो क्षति र विध्वंसले गहिरो पीडा दिएको उल्लेख गर्दै पनि पुनःनिर्माणको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता जनाएको छ।
विज्ञप्तिमा भनिएको छ,’यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ र आशा, सहानुभूति तथा सम्मानसहित देशको उज्ज्वल भविष्य निर्माण गर्नेछौँ,’ चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भनेका छन् ।

चौधरी ग्रुपले आफ्नो टिममार्फत सम्पूर्ण सहिद परिवारसँग सम्पर्क गरिरहेको र सो प्रक्रियामा सहयोग गर्नका लागि इच्छुक व्यक्तिहरूले कम्पनीका कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याललाई सम्पर्क गर्न सक्ने जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया