पहिरोले पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा अवरोध
विदुर खबर
२०८२ असोज ८ गते २१:३७

नुवाकोट । पृथ्वी राजमार्गको धादिङ खण्ड आजको भीषण वर्षा र हुरीबतासका कारण ठाउँ–ठाउँमा अवरुद्ध भएको छ।

लगातार पानी परेसँगै पहिरो खसेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन्। भारी वर्षाका कारण पहिरो हटाउने काम तत्कालका लागि स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
विशेषगरी मुग्लिङ–काठमाडौं सडक खण्डमा मुग्लिङ नजिकैको घोप्टेभीर र धादिङको जवाङखोला आसपासमा नयाँ पहिरो खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको हो।

पृथ्वी राजमार्गको धादिङ खण्डमा वर्षात सुरु भएयता पटक–पटक पहिरो खस्ने क्रम बढ्दै गएको छ। आजको वर्षाले त्यसमाथि थप समस्या निम्त्याएकाले यात्रुहरू कठिनाइमा परेका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया