नेप्सेमा उच्च अंकको वृद्धि कायमै
नुवाकोट । यो साता दोस्रो कारोबार दिन मंगलबार पनि नेप्सेमा उच्च अंकको वृद्धिले निरन्तरता पाएको छ ।

गत बिहीबार हालसम्मकै उच्च १ सय ६० अंकले घटेको नेप्से गत आइतबार ‘बाउन्सब्याक’ हुँदै १११ अंकले बढेको थियो । घटस्थापनाका दिन सरकारी बिदा परेकाले सोमबार बजार बन्द रहयो । मंगलबार खुलेको बजारमा भने उच्च अंकको वृद्धि कायमै भएको हो ।
जसअनुसार मंगलबार ५८.६३ अंकले बढेर २ हजार ६ सय ८२.२५ विन्दुमा उक्लेको छ । मंगलबारको वृद्धि अघिल्लो दिनको तुलनामा २.२३ प्रतिशतले बढी हो ।
उक्त दिन कारोबारमा आएकामध्ये २३८ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीका घटेको छ । यसरी सेयर मूल्य बढ्नेभन्दा घट्ने कम्पनी ६७ हजार ३ सय ८२ पटकको कारोबारमा १ करोड १३ लाख ५३ हजार १ सय ४८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब २९ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । आइतबारको तुलनामा कारोबार रकम घटेको हो । गत आइतबार ९ अर्ब १७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उक्त दिन कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्से ५८ अंकले बढेको हो । मंगलबार आठ वटा कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । तर प्रभु स्मार्ट फन्डको मूल्य सबैभन्दा धेरै ४.३० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ३८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
सेयर मूल्य धेरैले बढेर सर्किट ब्रेकर लागेका कम्पनीहरूमा सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावर सबैभन्दा अघि छन् । यी दुवै कम्पनीको सेयर मूल्य मंगलबार १० प्रतिशतले बढेको छ ।

यस्तै, ग्रीन डेभलपमेन्ट बैंक, नारायण डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र एसिया हाइड्रोपावरको मूल्य ९.९९ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । सो दिन हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया