काठमाण्डौमा पेस्तोलसहित एक जना पक्राउ
नुवाकोट । काठमाण्डौमा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने उदयपुर उदयपुरगढी गाउँपालिका-८ घर भएका ३० वर्षीय हिरा बहादुर मगरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बा.प्र.०१-००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया