दुर्घटना न्यूनीकरणका लागि चालकलाई सचेतना

नुवाकोट । त्रिशुली यातायात प्रालिले सडक दुर्घटना न्युनीकरण गर्नको लागि चालकहलाई सचेतानमुलक कार्यक्रमको आयोजना गरेको छ ।

बुधवार बट्टारमा आयोजित एक कार्यक्रममा त्रिशुली यातायात प्रालिले आफु् मातहतमा रहेको सवारीका चालकहरुलाई चाडवपर्व अघि र्दुघटना न्युनीकरण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएको छ ।
त्रिशुली यातायात प्रालिका अध्यक्ष सन्तोष उप्रेतीले बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न चालकहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन आयोजना गरेको बताए ।

उनले सडक र्दुघटनाबाट आफु बचेर अरुलाई पनि बताउनुपर्ने बताए । उप्रेतीले चाडपर्वको समयमा यातायातको साधनहरु धेरै गुड्ने भएकोले सबैले ध्यान दिनुपर्ने बताए ।
त्यस्तै त्रिशुली यातायात प्रालिका सचिव नविन राजभण्डारीले समितिले आफ्ना उत्कृष्ट चालकहरुलाई सम्मान गर्ने बताए ।

चालककै कारण समिति राम्रो र व्यवसायकि हुने भन्दै सबैको सामुहिक वलले मात्र समिति सफल बन्ने बताए । उनले सवारी चालकहरुको जायज माग भए समितिमा उजुरी दिन समेत आग्रह गरे ।

कार्यक्रममा त्रिशुली यातायात प्रालिका कोषाध्यक्ष रोशन शाह लगायतले नियम विपरित सवारी चलाएर दुर्घटना गराए कानुनले नछोड्ने हुँदा जिम्मेवार बन्न चालकहरुलाई अनुरोध गरे ।
कार्यक्रममा त्रिशुली यातायातमा आवद्ध भएका सवारी धनी र चालकहरुको उपस्थिति रहेको थियो ।
त्रिशुली यातायात प्रालिमा अहिले २९ ओटा सवारी दर्ता भइ संचालनमा रहेका छन् ।

hist0~15: 0.0;
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया