नवनियुक्त तीन मन्त्रीले लिए शपथ

विदुर खबर २०८२ भदौ ३० गते १३:२६

नुवाकोट । नवनियुक्त ३ जना मन्त्रीले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।

Advertisement

राष्ट्रपति रामचन्द्र पाैडेलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई एवं भाैतिक र शहरी विकास मन्त्री कुलमान घिसिङ, गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र अर्थमन्त्री रामेश्वर खनाललाई राष्ट्रपति कार्यालय शीतल निवासमा साेमबार एक समाराेहकाबीच शपथ ग्रहण गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ घिसिङ, अर्याल र खनाललाई मन्त्रीमा नियुक्त गरेकी थिइन् ।

Advertisement

सपथग्रहण समाराेहमा सर्वाेच्च अदालतक प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, पूर्वप्रधानमन्त्री डा.बाबुरामा भट्टराई, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल र सुरक्षा निकायमा प्रमुखसहित उच्च व्यक्तित्वकाे सहभागीता रहेकाे थियाे ।

Advertisement

प्रतिक्रिया