नख्खु कारागारबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिए
विदुर खबर
२०८२ भदौ २९ गते १२:३२

नुवाकोट । ललितपुरको नख्खु जेलबाट भागेका एक कैदीबन्दी धादिङमा मृत भेटिएका छन् ।

कर्तव्य ज्यानअन्तर्गत नख्खु कारागारमा रहेको अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ का बाबुराम नेपाली शनिबार मृत भेटिएका हुन् ।
धादिङको धुनीबेंसी नगरपालिका-९ खोलाखेतमा घोप्टो अवस्थामा मानिस मृत छ भन्ने खबरका आधारमा पुगेको प्रहरीले उनको शव भेटेको हो । खोलामा चिप्लिएर लडेको हुन सक्ने प्रहरीको अनुमान छ ।
Advertisement
शव काठमाडौं पठाइएको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया