धादिङमा २ कैदीबन्दीको गोली लागेर मृत्यु, ७ जना घाइते

विदुर खबर २०८२ भदौ २६ गते ८:५२

नुवाकोट । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने सात कैदीबन्दी घाइते भएका छन् ।

Advertisement

घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ । सेनाका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ ।

मंगलबार नक्खु कारागारबाट अन्य कैदीबन्दी छाडेको भन्दै आफूहरूलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए ।

Advertisement

गोली चलाउनुअघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेको थियो । उनीहरूले सेनामाथि नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २ सय ४३ कैदीबन्दी छन् ।

त्यसमध्ये महिला ९ जना छन् ।

Advertisement

प्रतिक्रिया