जेनजी र आर्मी बीच औपचारिक बार्ताको तयारी

नुवाकोट । जेनजी विद्रोहपछिको अन्योलपूर्ण अवस्था कायम नै छ । सेनाले सुरक्षा सम्हाल्न थालेपछि लुटपाटका घटनाहरु छिटफुटवाहेक रोकिएका छन् ।

जेनजी विद्रोहपछि राजनीतिक व्यवस्था कस्तो होला भन्ने अन्योल कायमै रहेको बेला नेपाल आर्मी र जेनजीका अगुवाहरु भने गणतान्त्रिक व्यवस्थाभित्रै समाधान खोज्नेमा सहमत देखिएका छन् । मंगलबार मध्यराती भएको अनौपचारिक वार्ता तथा त्यस अघि र त्यसपछि विभिन्न सम्पर्क सूत्रहरुमार्फत दुई पक्ष विचको सूचना आदान प्रदानको क्रममा गणतान्त्रिक शासन व्यवस्थाप्रति दुवै पक्ष प्रतिवद्ध रहेको वताइएको छ ।
दुई पक्ष बिचको औपचारिक वार्ता भने आजदेखि शुरु हुंदैछ ।
‘आजदेखि औपचारिक वार्ता शुरु गर्ने कुरा भएको छ । आजकै वार्ताबाट सबै टुंगिन्छ भन्ने होइन, अब कसरी अगाडि बढ्ने भन्ने टुंगोमा पुग्न २,४ दिन लाग्न सक्छ’ जेनजी आन्दोलनका एक अगुवाले भने ।
उनका अनुसार आन्दोलन हिंसात्मक हुनुमा दुर्गा प्रसाईं, रास्वपा, राजावादी लगायतका विभिन्न पक्षहरुको भूमिका रहेको निष्कर्ष सेनासहितका सुरक्षा निकायहरुले निकालेका छन् ।
जेनजी आन्दोलनका अगुवाहरुको निष्कर्ष पनि त्यही नै हो । ‘गणतन्त्र खराब होइन, नेता खराब हुन भन्ने निष्कर्षमा सैनिक नेतृत्व र हाम्रो एउटै मान्यता देखिएको छ । त्यसबाहेक प्रदेश सरकार राख्ने कि नराख्ने, संघिय संसदको संरचना कस्तो हुने, राज्यका संवैधानिक र अन्य अंगहरुको स्वरुप र कार्यशैली कस्तो हुने यी सबैकुरा छलफलका विषय हुन् ।’ जेनजीका ती अगुवाले भने ।
गणतन्त्रलाई स्विकार गर्ने भएकोले जेनजीका माग सम्वोधन र अहिलेको समस्या समाधानको लागि राष्ट्रपति रामचन्द्र पौडेलसहितको वार्तामार्फत अन्तिम रुप दिने गरि दुवै पक्षले तयारी गरिरहेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया