जेनजी र आर्मी बीच औपचारिक बार्ताको तयारी
नुवाकोट । जेनजी विद्रोहपछिको अन्योलपूर्ण अवस्था कायम नै छ । सेनाले सुरक्षा सम्हाल्न थालेपछि लुटपाटका घटनाहरु छिटफुटवाहेक रोकिएका छन् ।

जेनजी विद्रोहपछि राजनीतिक व्यवस्था कस्तो होला भन्ने अन्योल कायमै रहेको बेला नेपाल आर्मी र जेनजीका अगुवाहरु भने गणतान्त्रिक व्यवस्थाभित्रै समाधान खोज्नेमा सहमत देखिएका छन् । मंगलबार मध्यराती भएको अनौपचारिक वार्ता तथा त्यस अघि र त्यसपछि विभिन्न सम्पर्क सूत्रहरुमार्फत दुई पक्ष विचको सूचना आदान प्रदानको क्रममा गणतान्त्रिक शासन व्यवस्थाप्रति दुवै पक्ष प्रतिवद्ध रहेको वताइएको छ ।
दुई पक्ष बिचको औपचारिक वार्ता भने आजदेखि शुरु हुंदैछ ।
‘आजदेखि औपचारिक वार्ता शुरु गर्ने कुरा भएको छ । आजकै वार्ताबाट सबै टुंगिन्छ भन्ने होइन, अब कसरी अगाडि बढ्ने भन्ने टुंगोमा पुग्न २,४ दिन लाग्न सक्छ’ जेनजी आन्दोलनका एक अगुवाले भने ।
उनका अनुसार आन्दोलन हिंसात्मक हुनुमा दुर्गा प्रसाईं, रास्वपा, राजावादी लगायतका विभिन्न पक्षहरुको भूमिका रहेको निष्कर्ष सेनासहितका सुरक्षा निकायहरुले निकालेका छन् ।
जेनजी आन्दोलनका अगुवाहरुको निष्कर्ष पनि त्यही नै हो । ‘गणतन्त्र खराब होइन, नेता खराब हुन भन्ने निष्कर्षमा सैनिक नेतृत्व र हाम्रो एउटै मान्यता देखिएको छ । त्यसबाहेक प्रदेश सरकार राख्ने कि नराख्ने, संघिय संसदको संरचना कस्तो हुने, राज्यका संवैधानिक र अन्य अंगहरुको स्वरुप र कार्यशैली कस्तो हुने यी सबैकुरा छलफलका विषय हुन् ।’ जेनजीका ती अगुवाले भने ।
गणतन्त्रलाई स्विकार गर्ने भएकोले जेनजीका माग सम्वोधन र अहिलेको समस्या समाधानको लागि राष्ट्रपति रामचन्द्र पौडेलसहितको वार्तामार्फत अन्तिम रुप दिने गरि दुवै पक्षले तयारी गरिरहेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया