बागमतीका ९ पालिकामा कृषि उपज केन्द्र स्थापना हुने
नुवाकोट । बागमती प्रदेशले ९ वटा पालिकामा ९ वटा कृषि उपज बजार केन्द्र निर्माण गर्ने भएको छ ।

बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पालिकाको साझेदारीमा सूचना प्रविधिमा आधारित कृषि उपज बजार केन्द्र स्थापना गर्न लागेको हो ।
पालिका स्तरमा कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा प्रदेशका ९ वटा स्थानीय तहमा कृषि उपज बजार केन्द्र स्थापना हुन लागेको हो । चालु आव २०८२/०८३ मा दोलखाको भीमेश्वर नगरपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र चितवनको माडी नगरपालिकामा कृषि उपज बजार केन्द्र स्थापना गरिनेछ ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौंको नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकामा पहिलो चरणमा कृषि उपज बजार केन्द्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।
कृषि उपज बजार केन्द्रमा चारवटा आधारभूत विषयहरु अनिवार्य रहने मन्त्रालयका प्रवक्ता सुजन कँडेलले बताए । केन्द्रहरुमा सूचना प्रविधिमा आधारित प्रणाली अनिवार्य रहनेछ । प्रत्येक बजार केन्द्रमा एक चिस्यान केन्द्र र विषादी अवशेष परीक्षण प्रयोगशाला अनिवार्य रहनेछ ।
कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स (ढुवानी सवारी साधन) को व्यवस्था गरिनेछ । नौ वटा पालिकामा केन्द्र स्थापनाका लागि चालु आवमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा स्थानीय तहको ३० प्रतिशत लागत र बाँकी प्रदेशको सशर्त अनुदान बजेट समावेश गरिने मन्त्रालयले जनाएको छ । कार्यक्रमले कृषि उपज बजारीकरण समस्या समाधान हुने मन्त्रालयको अपेक्षा छ ।
कार्यक्रमका लागि हाल मन्त्रालयले कार्यविधि निर्माण गरी प्रक्रियामा रहेको जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया