आजको मौसम : देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

विदुर खबर २०८२ भदौ १२ गते ७:५५

नुवाकोट । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले देशभर मौसम बदली भइरहेको छ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो र राति बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Advertisement

भारी वर्षाको सम्भावना रहेको कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीयलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया