बहराइनमा नेपाली फसे, पाकिस्तानीले बैंक ठगी गर्दा ७ जना जेलमा
विदुर खबर
२०८२ भदौ ७ गते ८:१७
नुवाकोट । बहराइनमा बैंकिङ ठगी र फर्जीको आरोपमा ७ नेपाली एक वर्षदेखि जेलमा छन्।

उनीहरूमाथि बैंक कार्ड प्रयोग गरी प्रति व्यक्ति ३०–४० हजार बहराइनी दिनार ऋण लिएको आरोप छ। दूतावासका अनुसार ती नेपालीले पाकिस्तानी नागरिकले आफ्नो कार्ड दुरुपयोग गरेको बताएका छन्।
बहराइन सरकारले घटनालाई गम्भीर अपराध मानेको छ र केहीलाई तीन वर्षसम्मको जेल सजाय सुनाएको छ। नेपाली दूतावासले बहराइन सरकारसँग थप जानकारी मागेको छ। पीडितका परिवारले नेपाल सरकारसँग सहयोगको अपिल गरेका छन्।
बहराइनसहित खाडी मुलुकमा कैयौं नेपाली विभिन्न आरोपमा जेलमा छन्। वैदेशिक रोजगारीमा निस्कँदा थुप्रै नेपाली विदेशी कानुनी फन्दामा परिरहेको अवस्था दूतावासहरूले जनाएका छन्।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया