रवि लामिछानेको थुनामुक्तिको माग गर्दै जिल्ला अदालतमा निवेदन
विदुर खबर
२०८२ साउन २२ गते १३:५१
नुवाकोट । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्।

लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध स्वरूप थुनामा राखिएको दाबी गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्।
उनले सहकारी ठगीमा संलग्न नरहेको र आफ्नो भागको बिगो रकम बैंकमार्फत जमानत राख्न तयार रहेको उल्लेख गरेका छन्। लामिछानेको सचिवालयले साउन १९ गते निवेदन दर्ता गरे पनि चार दिनसम्म सार्वजनिक गरिएको थिएन।
लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा थुनामा छन्। जिल्ला अदालतले एकपटक धरौटीमा रिहा गर्न आदेश दिए पनि उच्च अदालतले त्यसलाई उल्ट्याउँदै पुर्पक्षका लागि थुनामा पठाएको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया