शेयर बजार सामान्य बिन्दुले बढ्यो
काठमाडौँ, लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २२४ दशमलब ४३ बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको भएपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको नौ लाख २४ हजार ६६५ कित्ता शेयर रु २२ करोड १८ लाख चार हजार ४०६ मूल्यमा खरिद बिक्री भएको छ ।
आज कारोवार भएका दश उपसमूह मध्ये तीन उपसमूहको शेयर भने घटेको छ भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् पाँच दशमलब चार र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ । यस्तै बैंकिङ नौ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य तीन, अन्य पाँच दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।
स्टककाअनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् भने अपि पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया